काठमाडौं – मन्त्रिपरिषद् बैठक आज बस्दैछ । आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जनाइएको छ ।