विमानभित्रै यात्रुहरूबीच झगडा परेपछि केही समय उडान स्थगित !

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ ।

उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । शुक्रबार बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको विमान धावनमार्गमा पुगेर फर्किएको उक्त विमानस्थल विभागले जनाएको छ ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए ।

नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रुबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रुलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...