काठमाडौं – स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको सुन मंगलबार तोलामा २३०० घटेको छ ।
सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ कायम भएको थियो ।