प्याज र रायो सागको मूल्य बढ्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं – कालिमाटी तरकारी बजारमा प्याजको मूल्य विस्तारै बढ्दै गएको छ ।

गत साता ८२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याजको मूल्य क्रमिक रुपमा बढ्दै मंगलबार प्रतिकिलो १०१.६७ रुपैयाँमा बिक्री भएको छ । सोमबार यो प्याज ९८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।

त्यस्तै, आज ठुलो नेपाली गोलभेडा, हरियो डल्लो फर्सी र हरियो माछो खुर्सानीको भाउ प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा २२ रुपैयाँ ७५ पैसा, रातो आलु ७० रुपैयाँ, रातो आलु (भारतीय) ५७ रुपैयाँ, मुडेको रातो आलु ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ५१ रुपैयाँ र सुकेको प्याज (भारतीय)को मूल्य १०१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यसैगरी, आज लोकल गाजरको औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ, तराई गाजर, लप्सी, लोकल काक्रो, चुकुन्दर, रातो बन्दा र मकै बोडी प्रतिकेजी ७५ रुपैयाँ, लोकल बन्दा, तराई बन्दा, लाम्चो भन्टा, तितो करेला र रुख कहर प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...