डिस्चार्ज भए सौर्य एयरलाइन्सका क्याप्टेन शाक्य !

काठमाडौं – गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते भएका पाइलट (क्याप्टेन) मनीषरन्त शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बिहीबार राति ९ बजेतिर उनलाई डिस्चार्ज गरिएको काठमाडौं मेडिकल कलेज ९केएमसी० की निर्देशक प्रा.डा. मीना थापाले  जानकारी दिइन् ।

‘उहाँका स्वास्थ्यस्थिति सामान्य बनेको छ। अहिले अस्पतालमा राख्नुपर्ने कुनै कारण नभएपछि हिजो (बिहीबार) डिस्चार्ज गरेका हौँ,’ थापाले भनिन् ।

घरमै बसेर उनको उपचार निरन्तर भइराख्ने पनि उनले प्रष्ट पारिन्। अहिले पाइटल शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ ।

‘घरमा बसेर पनि उहाँको उपचार हुनेछ। थेरापी, आँखा लगायतको उपचार उहाँको भइरहनुपर्छ,’ उनले भनिन्, ‘अर्थोपेडिक्समा बढी समस्या छ अब घरबाटै फलो अप हुन्छ ।’

सुरुमा पाइलट शाक्यको मेरुदण्डको अपरेसन गर्नुपर्ने बताइएको थियो। यद्यपि, अन्य विधि प्रयोग गरेर अपरेसनबिनै उपचार भएको अस्पतालले बताएको छ । ‘एमआरआई गरेपछि अपरेसन नगरी उपचार भएको छ। मेरुदण्डको पनि उपचार आवश्यक परेन,’ डा. थापाले भनिन् ।

बिहीबार पाइलट शाक्यको अवस्थ बुझ्न नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अस्पताल पुगेका थिए। खड्कासँगै कांग्रेस सांसद समेत रहेका अस्पतालका प्रमुख डा. सुनील शर्मा पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...