काठमाडौं – नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकिएको छ । स्टार, जी, सोनी र कलर्स टेलिभिजनको प्रशारण रोकिएको हो ।
नेपाली दिदि बहिनि तथा आमाहरुले धेरै नै रुचाईरहेको भारतिय टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको छ । कुनै एउटा घरको आमा, दिदि, बहिनीको कथा बनाएर प्रसारण गर्दै आईरहेको यस्ता सिरियलहरु अब नेपालमा प्रसारण नहुने भएको हो ।
एउटा घरको हुने असमझदारी व्यवाहारीक कुरालाई मध्यनजर गरेर विशेष गरि गृहरी महिलाको दिमागमा प्रत्यक्ष प्रभाव पारेर बनाउन सफल कथा बस्तु दिदि बहिनीहरुले खुब रुचाउदै आएको थियो । विशेषगरि गृहनी महिला दिदि बहिनीहरु त्यस्ता कथा बस्तुमा समेटिएको च्यानलहरु हेर्दै दिन बिताउदै आएका पनि थियो ।
च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा प्रदायकहरुले जनाएका छन् । सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले सटही सुविधा उपलब्ध नगराएकाले यो समस्या निम्तिएको एक सेवा प्रदायकले जानकारी दिए ।
उनले विगतमा इन्टरनेट सेवामा पनि यस्तै समस्या उत्पन्न भएको जानकारी अहिले फेरि राष्ट्र बैंकबाट सोही समस्या उत्पन्न भएको उनको भनाइ छ । सेवा प्रदायकहरुले ग्राहकलाई एसएमएस पठाउँदै सेवा उपलब्ध नभएकोबारे जानकारी गराएका छन् ।
आपसी लेनदेनमा विवाद भएपछि विगतमा इन्टरनेट सेवा पनि प्रभावित भएको थियो। च्यानलको प्रसारणबारे चाँडै समाधान खोज्ने सेवा प्रदायक कम्पनीहरुको भनाइ छ।
जसमध्ये एक सुबिसुले एक सूचना मार्फत भनेका छन्, ‘च्यानल प्रसारक र वितरकबीचको वित्तीय समस्याका कारण स्टार, जी, सोनी र कलर्स च्यानलहरुक हाल उपलब्ध छैनन् । हामी यस समस्यालाई सकेसम्म छिटो समाधान गर्न निरन्तर प्रयासरत छौँ ।’
टेलिभिजनबाट प्रशारण हुने च्यानलमाथि प्रसारण बन्द भएपनि फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जाल तथा एपहरुबाट हुने त्यस्ता च्यानलको प्रसारण भने बन्द हुने छैन । हाल नेपालमा ३० लाख टेलिभिजनका ग्राहक छन् भने सामाजिक सञ्जाल प्रयोगकर्ता करोडमाथि रहेका छन् ।





















