अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना विवादमा !

काठमाडौं – पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा तानिएको छ ।

आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि उहाँ विवादमा तानिएको हो ।

डेढ वर्षअघि दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर रहेको छ ।

आफूसहित केही युवालाई भिसा दिलाउन भन्दै उपसभामुख रानाले आफ्नो कार्यालयको लेटरहेडमा सिफारिश गरेको पत्र अहिले सार्वजनिक भएको हो । विशिष्ट व्यक्तिहरुलाई विदेश जानुपरेमा भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ ।

उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ । तर, उपसभामुख रानाले भने सिधैँ आफैँ पत्र लेख्नुभएको हो । पत्र सार्वजनिक भएसँगै उहाँको चर्को आलोचना भइरहेको छ ।

सभामुख देवराज घिमिरेले विषय गम्भीर भएको बताएका छन् । उपसभामुख रानाले भने एक वर्ष पछाडि यो विषय किन उठाएको बुझ्न नसकेको प्रतिक्रिया दिएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुँदै राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् । अर्को महिना फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन अमेरिका गएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...