यस्तो छ आजको मौसम पूर्वानुमान !

काठमाडौं – आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाँउमा तथा मधेस, कर्णाली  र  सुदूरपश्चिम प्रदेशका थोरै ठाँउमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशको एक/दुई ठाँउमा भने ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ८६ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

सिन्धुपाल्चोकको ढुङ्गे, भोटाङ, मानेखर्क, चन्दारकु र दैलेखको डाँडागाउँ वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनाले तटीय क्षेत्रमा हुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...