खानीखोला,नेमा बल– देशका विभिन्न भागमा परेको अविरल बर्षाले जनजीवन प्रभावित भएको छ । केही ठाँउमा डुवानको समस्या देखिएको छ ।
दुइ दिन देखिको अविरल बर्षाका कारण ठुला तथा साना नदीसँगै खोला, पैनी, नालीहरूमा पानीको सतह बढेपछि डुबान र कटानको समस्या देखिएको हो ।
यसरी अबिरल बर्षाको कारण ठुला तथा साना नदीसँगै खोला, पैनी, नालीहरूमा पानीको सतह बढेसँगै काभ्रेको खानीखोला गाउँपालिकाले उच्च सर्तकता अपनाउन आग्रह गर्दै सुचना प्रकाशन गरेको छ ।
अविरल बर्षाको कारण गाउँपालिकाको विभिन्न स्थानहरुमा बाढी तथा पहिरोबाट विपतजन्य घटनाहरु घटिरहेको भन्दै एक सुचना जारी गरि सम्भावित जोखिमका घटनाहरु जोगिन आग्रह गरेको छ ।
साथै गाउँपालिकाले जारी गरेको सुचनामा मनसुन अवधिभर विशेष चनाखो भई उच्च सर्तकता अपनाउनुको साथै कुनै प्रकारको विपद्को घटना घटना सक्ने सम्भावना देखिएमा गाउँपालिकाको कार्यलय वा नजिकको प्रहरी कार्यलयमा जानकारी दिन अनुरोध गरेको छ ।
निरन्तर बर्षाको कारण खानीखोलामा चल्ने सार्वजानिक बसका साथै निजि सवारी साधनहरुको सेवा समेत अवरुद्ध भएको छ । नेपाल टेलिकमको टेलिफोन सेवा समेत अवरुद्ध हुदै आएकोमा बिहान ९ः३० बजेदेखि सुचारु भएको छ ।