आज यी प्रदेशमा मेघ गर्जन,चट्याङ सहित ठूलो पानी पर्ने !

काठमाडौं – आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेष गरेर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

दिउँसोपछि सुदूरपश्चिमका बझाङ, डोटी, बाजुरा, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ । मनसुनी प्रणाली अहिले चार वटा प्रदेशमा पूर्ण रूपमा सक्रिय रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज कोशी, मधेस वागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

लुम्बिनी र गण्डकीका सबैजसो क्षेत्रमा तीन दिनदेखि पानी परिरहेकाले जमिन गलेको तथा खोला नालामा पानीको बहाव बढेकाले प्राकृतिक विपत्तीको जोखिम रहेको छ ।

राती: देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...