नागरिक साहारा नेपाल र खुट्किलो नेपालको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न !

काभ्रे– जिल्ला समन्वय समिति काभ्रे र महाभारत गाउँपालिकाको साहकार्य तथा नागरिक साहारा नेपाल र खुट्किलो नेपालको आयोजनामा निशुल्क मोतियाविन्दुको शल्यक्रिया सहित आँखा शिविर सम्पन्न भएको छ ।

गोकुले माध्यमिक विद्यालयको प्राङगानमा १ दिने निशुल्क आखाँ परिक्षण शिविरमा ५२५ जनालाई निशुल्क आखाँ परिक्षण तथा औषधी वितरण गरिएको गरेका छन् ।

सामाजिक कार्य गर्दै आएको संस्था नागरिक साहारा नेपालको अध्यक्ष छेवाङ योञ्जन तामाङले भौगोलिक रुपमा विकट महाभारत गाउँपालिका आखाँको समस्या भएको नागरिकहरु धेरै भएको र उनीहरुले राम्रो स्वास्थ्य उपचार नपाएकै कारण कम उमेरमै आखाँको ज्योति गुमाएर संसार देखिनबाट बञ्चित हुनु परेको अवस्थालाई मध्यनजर गर्दै निशुल्क मोतियाविन्दुको शल्यक्रिया सहित आँखा शिविर सञ्चालन गरेको बताउनु भएको छ ।

बैशाख ८ मा सम्पन्न निःशुल्क शल्यक्रिया शिविरमा सहभागी ५२५ जना मध्ये ६६ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको नागरिक साहारा नेपालको अध्यक्ष तामाङले बताउनु भयो । ति ६६ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाहरुको यहि जेष्ठ ६ गते निशुल्क शल्यक्रिया हुनेछ ।

वास्तविक असाहयहरुको साहारा बन्दै आएको सामाजिक संस्था नागरिक साहरा नेपालले आयोजना गरेको उक्त शिविरमा २५५ जनालाई चस्मा वितरण गर्नुको साथै औषधी वितरण समेत गरिएको छ ।

शिविरमा आँखा उपचार गराउन महाभारत गाउँपालिकासँगै छिमेकी पालिका खानीखोला गाउँपालिका सेवाग्राही गोकुले माध्यमिक विद्यालयको प्राङगानमा आएका थिए ।

शनिबारको शिविरमा खोपो तिलगंगाका आँखा रोग विशेषज्ञ चिकित्सकहरु डा.धिराज अधिकारीको नेतृत्वमा आँखा जाँच गरेका थिए भने शिविरलाई सफलतापुर्वक सम्पन्न गर्नको लागि महाभारत गाउँपालिकाकी स्वास्थ्य शाखाका संगिता लामा क्षेत्री, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु, स्वयसेविका तथा स्थानियहरुको विशेष साथ र सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...