काभ्रे – काभ्रे हस्ताकला संघ र नागरिक साहारा नेपालको समन्वयमा २ महिने अर्थात ६० दिने निशुल्क गलैचा बुनाई तालिम सम्पन्न भएको छ ।
नेपाल हस्तकला महासंघका वारिष्ट उपाध्यक्ष सनम शाक्याको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १२ जनालाई प्रमाणपत्र सहित सम्मान गरेको हो ।
कार्यक्रममा नागरिक साहरा नेपालका अध्यक्ष छेवाङ योञ्जान तामाङले सिपमुलक सिप सिकेको खण्डमा छोराछोरी पाल्न र एक छाक खानाको निम्ति विदेश जानुपर्ने वाध्यता हटेर जाने र आत्मनिर्भर बन्न सक्ने बताउनुभएको छ ।
यस्तै तामाङले सिपमुलक सिप सिकेर आत्मनिर्भर भई आफ्ना छोरीलाई छोरीलाई डाक्टर,ईञ्जिनियर र पाईलट सम्म बनाउन सक्ने बताउनु भएको छ साथै उहाँले सिकेको सिपलाई प्रयोग गर्न समेत आग्रह गर्नु भएको छ ।
धुलिखेल नगरपालिका वडा नं. ४ को २८ किलोमा भएको निशुल्क गलैचा बुनाई तालिमलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि नेपाल हस्तकला महासंघ र वाग्मति प्रदेश हस्तकला संघको सहयोग रहेको थियो ।
काभ्रे जिल्ला हस्तकला संघको अध्यक्ष सुर्यमान लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हस्तकला महासंघको उपाध्यक्ष एवं बाग्मति प्रदेश इन्चार्ज दिपेन्द्र शाक्य, बाग्मति प्रदेश हस्तकला संघको अध्यक्ष नविन शाक्य बाग्मति प्रदेश हस्तकला संघको महासचिव मनमोहन सिंह मल्लाको उपस्थित रहेको थियो ।
यस्तै जम्बुलिङ तामाङ कल्याण समाजका अध्यक्ष पञ्चराम तामाङ, सचिव विर बहादुर तामाङ लगायत स्थानियहरुको उपस्थित रहेको थियो । निशुल्क गलैचा बुनाई तालिम २०८०÷११÷०१ गते सुरु भई २०८१÷०१÷०३ सम्पन्न भएको हो ।