जनप्रतिनिधिलाई अपाङ्गता संबन्धि १ दिने अबिमुखि करण तालिम कार्यक्रम सम्पन्न !

काभ्रे– अपाङ्गता संरक्षण नेपाल काभ्रेपलाञ्चोक शाखाको आयोजनामा सामाजिक विकास मन्त्रालयको अनुदान तथा पनौती नगरपालिकाको साझेदारीमा समुदायमा आधारित पुनस्थापना CBR कार्यक्रम अन्तर्गत नगरपालिकाको सम्पूर्ण वडाका जनप्रतिनिधिलाई चैत्र १६ गतेका दिन अपाङ्गता संबन्धि १ दिने अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न गरिएको छ ।

काभ्रे जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिम बहादुर तामाङले अपाङ्गता मात्रै नभई महिला बालबालिका, जेष्ठ नागरिक तथा बालबालिकाले अबको दिनमा हाम्रो कुनै पनि साहरा छैन भन्ने अनुभुति मनमा आउन नदिने बताउनु भएको छ ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा अपंगता संरक्षण नेपालको आयोजनामा पनौति नगरपालिकाको सभा हलमा अपाङ्गता भएका व्यक्तिहरुको सवाल,पहुचयुक्त सुचना प्रकाशन तथा जनप्रतिनिधि र सरोकारवालाहरुसँग १ दिने अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले उक्त अन्र्तक्रियाबाट आफुहरु प्रशिक्षित भएको र नयाँ उर्जा सहित आ–आफ्नो पालिकामा जाने र यसलाई कार्यन्वयन गर्नेमा विश्वस्ता रहेको बताउनुभयो ।

यस्तै उपप्रमुख तामाङले आगामी दिनमा जिल्ला समन्वय समिति काभ्रेको टिम र जिल्लाका १३ ओटै स्थानिय तहसँग समन्वय गरेर काभ्रे जिल्लालाई अपाङ्गमैत्रि वाताबरण बनाउनुका साथै अपाङ्गलाई सवल,सक्षम र उत्थानको निमित्त जिल्ला समन्वय समिति प्रतिवद्ध रहेको वचन बद्धता गर्नु भएको छ ।

यसै अपाङ्गता भएका व्यक्तिहरुको सवाल,पहुचयुक्त सुचना प्रकाशन तथा जनप्रतिनिधि र सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रममा खानीखोला गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाले सरकारबाट नै सामाजिक सुरक्षा भत्तामा विभेद रहेको बताउनु भएको छ । उपाध्यक्ष जिम्बाले सामाजिक सुरक्षा भत्ताको नाममा अर्बपतिले ६८ बर्षदेखि वृद्धभत्ता पाउदै गरेको र जो असक्षम र असक्त छ उसले पाउन नसकेकोमा दु:ख व्यक्त गर्नु भयो ।

अपाङ्गता भएका व्यक्तिहरुको सवाल,पहुचयुक्त सुचना प्रकाशन तथा जनप्रतिनिधि र सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रममा काभ्रेका १३ वटै स्थानिय तहका उपाध्यक्षहरु, आईटि अफिसरहरु, न्यायिक सहजकर्ताको साथै महिला बालबालिका शाखाका कर्मचारीहरुको उपस्थित रहेको अपाङ्गता संरक्षण नेपालको अध्यक्ष विरोध खतिवडाले जानकारी दिनुभयो ।

यस संस्था अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने, संरक्षण गर्ने र प्रवर्द्धन गर्ने र तिनीहरूको कमजोरी भएता पनि उपलब्ध सेवा र सुविधाहरूको उपभोगरउपयोगमा उनीहरूको सहज पहुँचको लागि दिगो अभियानको लक्ष्य राखि २०७५ माघ २८ गते काठमाडौं जिल्ला प्रशासनमा औपचारिक रुपमा दर्ता भई विपन्न वर्गको पहुँच, सहभागिता र सशक्तीकरणमा ध्यान केन्द्रित गर्दै समाज र राज्यको व्यवहार र दृष्टिकोणमा पनि परिवर्तन ल्याउने प्रयास गर्दै आएको संस्थाको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...