गायक भक्तराज आचार्यको निधन !

काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।

८२ वर्षीय आचार्यको सोमबार भएको हो । घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको जनाइएको छ ।

४ सयजति गित गाएका आचर्यका मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् बुद्धका आँखा लगायतका चर्चित गित छन् । वि.सं. १९९९ असोज १६ गते जन्मेका आचार्य धनकुटामा जन्मिएका भजन शिरोमणि आचार्यका श्रीमती, दुई छोरा छन् ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...