काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका सरिफ अहमद अब्दुल रफार छन् ।
दुबईबाट काठमाडौँमा ओर्लेका उनलाई ८५५ ग्राम तरल सुन सहित पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले रातोपाटीलाई बताए ।