जनक शिक्षा सामग्री केन्द्रमा ३१ जनालाई रोजगारीको अवसर !

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सामग्रीमा ३१ जनालाई रोजगारीको अवसर खुलाइएको छ ।

खुला तथा समावेशी परीक्षामार्फत पदपूर्ति हुने गरि विभिन्न पदमा ३१ जनालाई रोजगारी खुलाइएको हो । सँगै आन्तरिक परीक्षाबाट पदपूर्ति हुने गरि थप ८ जनालाई पनि रोजगारीको अवसर खुलाइएको छ ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत प्रशासनतर्फ उपप्रबन्धक पदमा १ जना, शाखा अधिकृतमा खुला १ जना, आदिवासी जनजाती १ जना र मधेशी १ जना गरि ३ जना, शाखा अधिकृत (लेखा तथा स्टोर)मा खुला १, महिला १ र आदिवासी १ जना गरि ३ जना, बाइन्डिंग समूहमा शाखा अधिकृत पदमा खुला १, महिला १ र आदिवासी जनजाती १ जना गरि ३ जना, मेकानिकल समूहमा शाखा अधिकृत पदका लागि खुला १ र महिला १ जना गरि २ जना, प्रि प्रेस समूहमा शाखा अधिकृति पदमा खुला १ र महिला १ जना गरि २ जनाका लागि रोजगारी खुलाइएको छ ।

त्यस्तै, प्रशासनतर्फ वरिष्ठ सहायक पदमा खुला १ जना र आदिवासी जनजाती १ जना गरि २ जना, लेखा तथा स्टोर समूहमा वरिष्ठ सहायक पदमा खुला १ र आदिवासी जनजाती १ जना गरि २ जना, अफसेट समूहमा वरिष्ठ सहायक पदमा खुला १ जना र मधेशी १ जना गरि २ जना,

बाइन्डिंग समूहमा वरिष्ठ सहायक पदमा खुला ३, महिला १, आदिवासी जनजाती १, मधेशी १ र दलित १ जना गरि ७ जना, मेकानिकल समूहमा वरिष्ठ सहायक पदमा महिला १ जना, इलेक्ट्रिकल इलेक्ट्रोनिक्स समूहमा वरिष्ठ सहायक पदमा महिला १ जना, प्रि प्रेस समूहमा वरिष्ठ सहायक पदका लागि महिला १ जना र सूचना प्रविधि समूहमा वरिष्ठ सहायक पदका लागि महिला १ जनाका लागि रोजगारी खुलाइएको छ ।

विज्ञापन हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...