ह्याक भएको त्रिविको वेबसाइट आयो सञ्चालनमा !

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको १५ दिनपछि सञ्चालनमा आएको छ ।

कार्यालयले गएको माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनमार्फत् शुरु गरेसँगै वेबसाइट ह्याक भएको थियो । ह्याक भएको वेबसाइट अस्ति मङ्गलवारदेखि सञ्चालनमा आएको हो ।

वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आएको र ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, कागजातमा रहेको त्रुटि सच्याउनेलगायतका काम अनलाइनमार्फत हुन थालेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अब अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने हुुन्छ ।

आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने कार्यालयले जनाएको छ ।

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्कसिट र अरु कागजात लिन विद्यार्थीले धेरै दुःख पाउनुपर्ने गुनासो बढेपछि त्रिविले अनलाइनबाट सेवा दिन शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...