खानीखोला – तामाङहरुको महान चाड सोनाम ल्होछारको अवसरमा खानीखोला गाउँपालिकाले ३ दिन सार्वजानिक बिदा दिएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको ०८० माघ २४ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार मन्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा माघ २६, २७ र २८ गते ३ दिन सार्वजनिक बिदा दिएको उल्लेख गरिएको छ ।
गत बर्ष खानीखोला सरकारले सोनाम ल्होछारको अवसरमा ३ दिन बिदा दिनुका साथै तामाङको संस्कृति तथा जातिको उत्पति विषयक “ताम्बा तथा डाम्फु प्रतियोगिता”, “तामाङ भाषामा व्हाइख (कविता) प्रतियोगिता”, “खानीखोला प्रतिभा सम्मान” सहित बृहत ल्होछार साँस्कृतिक कार्यक्रम समेत आयोजना गरि भव्यताको साथ मनाएको थियो । फोटो : पालिकाखबरबाट