देउवाका छोरा जयवीरको बिहे, बिहेभोजमा उपहार लैजान नपाइने !

काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवा गायिका शिवाना श्रेष्ठबिच आज विवाह हुँदै छ ।

विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ ।

उक्त भोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।

२८ वर्षीय जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।

यी दुवै लामो समयदेखि प्रेम सम्बन्धमा छन् । जेठ १९ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए । शिवाना कभर गायिका समेत हुन् । उनले आफ्नो युट्युब च्यानल ‘एसएस’मा थुप्रै कभर गीत पोस्ट गरेकी छिन् ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।

त्यसअघि आफन्त र निकटस्थहरूलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २८ हजार छ । उनले युट्युबमा बिली एलिस, अल्बाट्रस, एड् सिरन, रिहाना, साम स्मिथ, ड्रेक, एलिसिया किज लगायतका गायक र ब्याण्डका चर्चित गीतको कभर गीत पोस्ट गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...