बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ पक्राउ, यस्तो छ उनको धन्दा !

काठमाडौँ – वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेका छन् ।

गुरुङले दीपक राज कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । गुरुङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...