काठमाडौँ – सर्लाहीमा अण्डा किन्न गएका श्रीमान्- श्रीमती पक्राउ परेका छन् । मलंगवा नगरपालिका–३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोट बोकेर अण्डा किन्न गएका दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार साँझ मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रूपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जना पक्राउ परेका हुन् ।
सर्लाही प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकी श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् ।
उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वाद-विवाद भइरहेको भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।