कृषि समिति बैठक : आरजु राणामाथि खनिए प्रेम सुवाल, भयो यस्तो सवाल–जवाफ (भिडियोसहित)

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित बनेका छन् ।

सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक थियो । बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

सोही अनुरुप संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित थिए । आफ्नो संशोधन राखिरहेको बेलामा समिति सभापति आरजु राणाले ‘पोइन्ट टु द पोइन्ट गरिदिनुस्’ भनेर सांसद सुवाललाई आग्रह गर्नासाथ सांसद सुवाल सभापतिमाथि खनिएका हुन् ।

सभापतिले त्यसो भन्नासाथ सांसद सुवालले ‘तपाईहरुलाई घोचेको कुरा मन पर्दैन, तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि’ भनी प्रतिवाद गरेकी थिए । उनले सभापति राणालाई बिपी कोइरालालाई बिपी प्रतिष्ठानमा बेचेको र भ्रष्टाचारको अखडा बनाएको पनि आरोप लगाए ।

उनले सभापतिलाई ठूलो कुरा नगर्न भन्दै कुन–कुन प्रधानमन्त्रीको पालामा क–कसले भ्रष्टाचार गरेको हो भन्ने कुरापनि आफूहरुलाई सबै थाहा भएको बताएका थिए । आक्रोशित हुँदै टेबल ठोकेका सांसद सुवाल सभापतिसँगको केही बेरको सवाल–जवाफपछि शान्त हुँदै पुनः आफ्नो संशोधनका बुँदा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...