मेनुका पौडेलले प्राप्त गरिन् आँखा देख्ने एआई जडित चस्मा, अब मान्छे चिन्न र हिँड्न सक्ने !

काठमाडौँ – इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दै आएकी नेपाली मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।

आइडलको आइतबार साँझको एपिसोडमा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका पौडेलले भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् ।

शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् । गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिएका थिए ।

चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको थियो ।

चस्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् ।

मेनुका आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न समेत सफल भइसकेकी छन् । उनलाई उपाधिको दाबेदारसमेत मानिँदैआएको छ ।

डाक्टरले सबै जज् र अतिथिलाई मञ्चमा बोलाएर उक्त चस्माको डेमो प्रस्तुत गरेका थिए । सो चस्मा लगाएकी मेनुका अघि उभिएका जज कुमार सानुलाई एआई जडित चस्माले अंग्रेजी भाषामा ‘कुमार सानु अघि उभिएका छन्’ भनेर आवाज दिएको थियो ।

त्यसपछि मेनुका अघि उभिएका आइडलका अतिथिलाई पनि उक्त चस्माले ठूलो भीडसामु उभिएको भन्दै पहिचान गरेको थियो । सो क्रममा डाक्टर रोहनले उक्त चस्माको विशेषताबारे बताएका थिए ।

उक्त चस्मामा क्यामेरा जडान गरिएको छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् ।

चस्मा लगाइसकेपछि मेनुकाले चिकित्सक र इण्डियन आइडललाई धन्यवाद दिइन् । उनले भनिन्– हजुर दुई जनाले मेरा जीवनमा सबैभन्दा ठूलो उपहार दिनुभएको छ । यस्तो काम इण्डियन आइडलको मंचमा मात्र हुनसक्छ । अन्य धेरै व्यक्ति पनि हुनुहुन्छ, जसलाई म मद्दत गर्न सकुँ ।’

मेनुकाले इण्डियन आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र प्रतिस्पर्धा गरिरहेकी छिन् । उनले आफूलाई भोट गर्न समेत अपिल गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...