पनौती विश्व सम्पदा सूचीमा सूचीकृतका लागि अन्तिम चरणमा !

काठमाण्डौ – काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल भए पनि काम अघि बढ्न सकेको थिएन ।

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताउनुभयो ।

अहिले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारीमा लागेको उहाँले बताउनु भयो । उहाँले युनेस्कोले दिएको मापदण्ड धेरैजसो पूरा भइसकेकाले अरु बाँकी पनि पूरा गरी पुरातत्त्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...