बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ !

पोखरा – मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ ।

बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा हातपात गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

प्रसाईंले उक्त घटनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो घटनाले अप्ठ्यारो पर्ने चेतावनी दिए। उनले ओली र प्रधानमन्त्री प्रचण्डको आलोचनासमेत गरे। कार्यक्रममा प्रसाईंले देश बलियो बनाउन नेपाली बलियो हुनुपर्नेमा जाेड दिए।

बिहीबार बागलुङ बजारमा आयोजित उक्त सभामा बोल्दै हरेक नागरिक आर्थिक रूपमा बलियो नभए देश बर्बाद हुने बताए। प्रसाईंले बागलुङमा डेढ अर्ब रकम हिनामिना गर्ने इमेज सहकारीका संस्थापक देवकुमार नेपालीलाई एमालेले संरक्षण गरेर दिल्लीमा राखेको आरोप लगाए।

‘जनता ठग्नेलाई एमालेले संरक्षण गरेर राखेको छ,’ उनले भने, ‘पुराना दलहरू ठग संरक्षक हुन्। अब यस्ताको पछि लाग्ने दिन गए,’ प्रसाईंले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...