नेपालले रेकर्ड माथी रेकर्ड बनाएको दिन पनि मन्टी देशाई बेखुसी, दिए यस्तो भावुक प्रतिक्रिया !

काठमाडौं – प्रचण्ड सरकारले पटकपटक गरी प्रतिखेलाडी करिब १७ लाख पुरुस्कार घोषणा गरेको छ तर यो प्रुस्कार उधारो जस्तो भएका छ । नेपालले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दैजादाँ रेकर्ड माथी रेकर्ड बनेका छन् तर नेपालका कोच प्रचण्ड सरकारको खेलाडीप्रति गरेको ढिलाईमा निराश छन् ।

अहिलेको यो प्रतियोगिता नेपालका लागि धेरै ठूलो गन्तब्य तय गर्ने आधार बन्न सक्छ । कमजोर आर्थिक अबस्थामा खेलिरहेका खेलाडीहरुका लागि मौद्रिक उत्प्रेरणाले ठूलो भूमिका खेल्छ ।तसर्थ प्रचण्डले तुरुन्त पुरुस्कारको रकम खेलाडीका खातामा जम्मा गर्दिनुपर्छ ।

एशियन गेम्समै नेपाल फेरि भारत र पाकिस्तानजस्ता देशसँग भिड्दैछ । यसले खेलाडीको हौसला अझै बढी नेपालले स्वर्ण पदकको दिशातर्फ अग्रसर हुन सहयोग मिल्नेछ ।

मन्टी देशाइले पनि खेलाडीको लागि घोषणा गरेको पुरुस्कार दिन ढिलाई नगरी वर्तमान परिस्थिीतिमा नेपाललाई हौसला दिन अनुरोध गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले केही प्राबिधिक कठिनाईका कारण पुरुस्कार आउन ढिलाई भएपनि पुरस्कार आउछ ढुक्क हुनुस भनेका छन् । रोहित पौडेलले खेलाडीबाट दबाब आएपछि यो विषय पटकपटक मिडियामा बोल्दै आएका छन् । उनलाई खेलाडीले हाम्रो पुरुस्कार खोई भन्दै खेलाडीहरुले प्रश्न सोध्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...