काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय साहित्यमार्फत आफ्ना मनका बह पोखिरहेका हुन्छन् । यसैक्रममा, शनिबार उनले सामाजिक सञ्जालमा एक रचनामार्फत आफ्नो मनको भावना पाखेका छन् ।
उनले कसैले मायाले बाँधेपछि आफू स्वतन्त्र भएको बताएका छन् । ‘एक अक्षर बाट शव्द ,अनि मन्त्र भएँ म, तिमीले, मायाले बाध्यौ, अनि स्वतन्त्र भएँ’, म उनले लेखेका छन् ।
उनकी श्रीमती सविना काफ्ले लेखिका हुन् । बालेनले उनैलाई इंगित गरेका हुन्सक्छन् । बालेन स्वयम्को पृष्ठभूूमि पनि कलाकारकै छ । उनी यसअघि इन्जिनियरिङका साथै र्याप गायनमा सक्रिय थिए ।




















