काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको एउटा निर्णयले राजनीतिक बृतमा हलचल मच्चिएको छ । निर्वाचन आयोगले जरिवाना तोकेपछि जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिदै गम्भीर प्रश्न गरेपछि राजनीति बजारमा हलचल मच्चिएको हो ।
निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै नामसहित जरिबाना रकम तोकेपछि राईले सामाजिक सञ्जालमार्फत् जवाफ दिदै आफूले तिरेको जरीवाना खेर जान नहुनेमा सचेत गराएका छन् ।
साम्पाङलाई आयोगले पाँच लाख ५० हजार जरिबाना तोकेको छ। राईले पाँच लाख ५० हजार जरिवाना तिर्न तयार रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा नपरोस् भनेका छन्।
‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, उनले लेखेका छन्, ‘नत्र त्यो भुँडी फुटाउने गैंती चलाउन नि आम्चा हाम्लाई१’
निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने उल्लेख छ।





















