चुनावअघि नै म १० जना पत्रकार विदेश लगेर नेताको पैसा खोज्छुः दुर्गा प्रसाई

काठमाडौं – नेकपा (एमालें) का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले अब हुने निर्वाचनको कुनै अर्थ नरहेको बताएका छन् । यो चुनावले पनि देशको विकास नहुने उनको टिप्पणी छ ।

उनले ०४६ सालदेखि यता भएका सबै निर्वाचनबाट जितेकाहरुले आफ्नो उमेर व्यतित गर्नुबाहेक देश र जनताको लागि केही पनि गर्न नसकेको आरोप लगाए ।

उनले देशमा नेताहरु धेरै भएर विकास नभएको आरोप लगाए । उनले देशमा अहिलेसम्म देश र जनताको लागि काम गर्ने नेता नै नजन्मिएको दाबी गरे । उनले मुलुकमा पछिल्लो समय दैनिक आत्महत्या गर्नेहरुको संख्या बढेको भन्दै यसतर्फ देशको नेतृत्वमा रहनेहरु गम्भीर नरहेको गुनासो पोखे ।

उनले देशको अर्थतन्त्र ५५ जना व्यापारी र १० जना नेताको हातमा रहेको बताए । कुराकानीकै क्रममा पत्रकार धमलाले कुन कुन नेताको पैसा विदेशी बैंकमा छ रु भनेर सोधेको प्रश्नमा नेता प्रसाईले भने–‘मैले अघि नै भनिसके, १० जना नेताको म भन्छु, चुनाव आउँदैछ, म चुनाव अगाडि १० जना पत्रकार लिएर म युएई जान्छु, सिंगापुर जान्छु, अमेरिका जान्छु, स्विट्जरल्याण्डपनि जान्छु ।

यहाँ चुनाव लागोस, म त्यहाँ गएर खोज्छु ।’ उनले नेताहरुले देशलाई अब लिजमा दिने पनि आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा। आरजु राणा पश्चिमाहरुबाट निर्देशित रहेको पनि आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...