‘म यसकारण निर्दोष छु’ भन्दै सन्दीपले देखाए निडरता, गरे तत्काल नेपाल फर्किने घोषणा

काठमाडौैं – पछिल्लो एक दुई दिन यता सामाजिक सञ्जाल छोटो समयमै करिअरको चुचुरोमा पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि लागेको आरोपको समाचारले रङ्गिएको छ । सन्दीपमाथि लागेको आरोपपछि समर्थकहरु निराश र आ’क्रो’शि’त बनेका छन् ।

लामिछानेमाथि ब’ज्रपा’त हुने संकेत देखिएको छ । आरो’प पुष्टि भए उनी १२ बर्ष जेल जानेछन् । ब’ला’त्का’र जस्तो जघ’न्य अ’परा’ध गरेको आरोप उनीमाथि लागेको छ।

मंगलबार १७ वर्षकी किशोरीले आफूलाई लामिछानेले होटलमा लगेर पटक पटक ब’ला’त्का’र गरेको भन्दै उजुरी दिएपछि प्रहरीले मु’द्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीले अदालतबाट प’क्रा’उ पुर्जी लिने तयारी अगाडि बढाइसकेको छ। यससँगै उनलाई उनी रहेको देशको स्थानीय प्रहरी वा इन्टरपोलको सहयोगमा नेपाल ल्याउने तयारी पनि सुरु भइसकेको छ। उनी क्यारेबियन प्रिमियर लिग खेल्न गएका छन् र अहिले सेन्ट लुसियामा छन् ।

यसैबीच, लामिछानेले निडरता देखाएका छन् । उनले आफूले गल्ती नै नगरेका कारण आफू निर्दोष रहेको बताएका छन् । उनले आफू निर्दोष रहेको र आफूलाई फसाउन ष’ड’य’न्त्र भइरहेको प्रतिक्रिया दिएका छन् ।

ब’ला’त्का’रको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बला’त्का’रको आ’रोप अस्वीकार गरेका हुन् ।

कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताए । सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।

‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने । सन्दीपले आफ्नो कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा पनि व्यक्त गरेका छन् । उनले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरेको मल्लले जानकारी दिए ।

यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ । हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो ।

मल्लले भने, ‘अहिलेसम्म सन्दिप एक आरोपी मात्र हुन् । जाहेरीकै आधारमा मात्र हामीले कार’वा’ही गर्न हतार नगरौं भन्ने सल्लाह भएको छ । भोलि प्रहरीले अदालतमा मु’द्दा दायर गरिसकेपछि हामी आफ्नो निर्णय लिनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...