देशभरि बबाल प्रशंसा पाएका बालेनद्वारा सल्लाहकार नियुक्त, को हुन् उनी ?

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याललाई नियुक्त गरेका छन् ।

महानगरको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो । अर्याल सामाजिक अभियन्तासमेत हुन् । अर्याल टिच फर नेपाल नाम एनजिओकी संस्थापक बोर्ड सदस्य हुन् । उनले सो एनजिओको ५ वर्ष अध्यक्ष भएर काम गरेक छिन् ।

अर्यालले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् । मेयर बालेनले काठमाडौं महानगरमा सुधारका काम गरिरहेका बेला शिक्षा सल्लाहकार नियुक्त गरेका छन् ।

बालेनले काठमाडौं महानगरपालिकाभित्रको शिक्षालाई पनि सुधार गर्ने संकेत गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र बनेका अबैध संरचना धमाधम भत्काएर चर्चामा आएका बालेनको लोकप्रियता ह्वात्तै बढेको छ ।

उनले सरकारी सम्पत्तिको पनि संरक्षण गर्न थालेका छन् । काठमाडौंका धनी व्यक्तिहरूले कानून मिचेर बनाएका संरचनालाई उनले डोजर लगाएर भत्काइदिएपछि प्रशंसा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...