काठमाडौं – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेवि’रु’द्ध प्रहरीमा जब’रज’स्ती क’र’णीको कसूर’मा उजु’री परेको छ ।
लामिछानेले १७ वर्षकी नाबालिगलाई ब’ला’त्का’र गरेको भन्दै प्रहरी वृत्त गौशालामा कि’टा’नी जाहेरी आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए ।
प्रहरीका अनुसार घटना ५ भदौको हो । उनले निजी कारमा पी’डि’त बालिकालाई लिन उनको होस्टल छेउ पुगेका थिए । अपरान्ह उनलाई लिन पुगेका सन्दिपले घुम्न भन्दै नगरकोट लगेका थिए । त्यहाँ खाजा खाएर फर्किँदा राति १० बजिसकेको थियो ।
उनले होस्टल राति ८ बजे बन्द हुन्छ भनेकी थिइन् । तर लामिछानेले वेवास्ता गर्दै रातिसम्म राखेका थिए । फर्किँएर आउँदा काठमाडौंको एक होटलमा बस्न भनेर राति दुई पटक ब’ला’त्का’र गरेको पी’डि’त’को भनाइ छ ।
प्रहरीले मंगलबार नै पी’डि’तको स्वास्थ्य परीक्षण गराएको छ । लामिछाने घटनाको भोलिपल्ट टी–२० सिरिज खेल्न केन्या गएका थिए । बोहोरा हुँदै यो सूचना प्रहरी नेतृत्वसम्म पुगेको थियो ।
‘ब’ला’त्का’र जस्तो घटनामा प्रहरी संवेद’नशील छ, हिजै स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालिसक्यौं,’ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् ।
गौशाला प्रहरीका एक अधिकृतका अनुसार काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।
‘पीडि’त उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ गौशाला प्रहरीका ती अधिकृत भन्छन्, ‘प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।’ स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।
लामिछाने ६ भदौमा टी(२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक ब’ला’त्का’र गरेको पीडितको भनाइ छ ।
‘केन्या जानु अघिल्लो दिन सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको थियो’ उनले प्रहरीसमक्ष भनेकी छन्, ‘त्यतिबेला भक्तपुर गएका थियौं, फर्किएर आउँदा मध्यराति भइसकेको थियो ।’
उनले सन्दीपलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । तर सन्दीपले ‘एकछिन(एकछिन’ भन्दै ढिला गरेको पीडितको भनाइ छ ।
झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्रस्ताव गरेको उनको बयान छ । त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए । पीडितले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीको भनाइ छ ।
राति लठ्याएर दुई पटक ब’ला’त्का’र गरेको पी’डि’तको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।
प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पी’डि’तसँग गएको देखिएको प्रहरीले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ४ पुस २०७८ मा लामिछानेले राष्ट्रिय क्रिकेट टिको कप्तान नियुक्त गरेको थियो । उनी २५ वर्षका छन् ।
‘स्टारडम’को आडमा नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई मंगलबार मात्रै दुई वर्ष कै’द स’जा’य भएको छ ।पी’डि’तले अदालतमा बयान फेरेपछि ब’ला’त्का’रको कसू’रमा उनले सफाइ पाएका छन् । तर बाल यौ’न दु’रु’पयो’गमा उनी दो’षी ठहर भएका हुन् ।





















