कक्षा १२ को परीक्षाफल प्रकाशित, यस्ता विद्यार्थीहरुले उच्‍च शिक्षामा भर्ना हुन नपाउने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्ड शुक्रबार प्रकाशित गरेको हो ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।

एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैन । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने भएको छ । शुक्रबार भक्तपुरमा आयोजित कक्षा १२ को नतिजा प्रकाशन कार्यक्रममा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले असोज अन्तिममा ग्रेडवृद्धि परीक्षा लिइने बताए ।

उनका अनुसार गत जेठ १६ देखि २५ गते लिइएको १२ कक्षाको परीक्षामा ४१७९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ३०१०७ रहेका छन् ।

यस्तै शुक्रबार प्रकाशित नतिजा अनुसार ननग्रेडेड परीक्षार्थीको संख्या भने १८८४१० रहेको छ । दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...