माओवादीबाट चुनाव लड्न लागेको खबरले तहल्का पिटेपछि बोले कुलमान, खोले वास्तविकता !

काठमाडौं – मंगलबार सामाजिक सञ्जाल नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने भन्ने समाचारले तहल्का नै पिटेको छ ।

कुलमान माओवादीबाट त्यो पनि चर्चित पूर्व सञ्चारकर्मी एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग चुनाव लड्ने समाचार सामाजिक सञ्जालभर भाइरल नै बनिरहेको हो ।

उनी प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि माओवादीसँग निरन्तर छलफलमा रहेका नेताहरुले बताएका छन् । माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालले घिसिङले माओवादीको तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको पुष्टि गरे ।

‘कुलमान घिसिङले चुनाव लड्न इच्छा राख्नुभएको छ’, उनले भने, ‘माओवादीसँग भएको छलफलअनुसार नै अध्यक्ष प्रचण्डले संकेत पनि गर्नुभएको हो ।’ घिसिङले कहाँबाट चुनाव लड्ने भन्नेबारे चाहिँ छलफलकै क्रममा रहेको दाहालले बताए । घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने चर्चा चलिरहेको छ । तर दाहालले भने काठमाडौं ३ वा रामेछाप कहाँबाट उठ्ने भन्नेबारे पार्टीले निर्णय गर्न बाँकी रहेको बताए ।

उनी माओवादी केन्द्रका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने समाचार छ । यो क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनाव लड्ने तयारी गरेको क्षेत्र हो। घिसिङको गृह जिल्ला रामेछाप भए पनि उनी अहिले काठमाडौं महांकाल पानी ट्यांकी छेउमा बस्दै आएका छन् ।

उनको मतदाता नामावलीसमेत काठमाडौं ३ बाट नै रहेको छ । उनलाई निर्वाचन लडाउने गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरिसकेका छन् । घिसिङले पनि प्रचण्डको प्रस्तावमा सकारात्मक जवाफ दिएका छन् ।

घिसिङको गृहजिल्ला रामेछाप भएकाले त्यहाँ पनि उनको राम्रो प्रभाव रहेको बताइन्छ । घिसिङ माओवादीकै जोडबलमा दोस्रो कार्यकालका लागि विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएर गएका थिए ।

उनी कार्यकाल नसकिँदै प्राधिकरणबाट राजीनामा दिएर चुनाव लड्ने योजनामा लागेका बताइएको छ । शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा अध्यक्ष प्रचण्डले काठमाडौंमा बालेन शाह भन्दा चर्चित उम्मेदवार खडा गर्ने बताएका थिए ।

‘उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो’, प्रचण्डको भनाइ थियो । चर्को लोडसेडिङको मारमा देश रहेको बेला लोडसेडिङ गरेपछि घिसिङको लोकप्रियता ह्वात्तै बढेको थियो ।

यही बिषयमा कुलमानका तर्फबाट समेत प्रतिक्रिया बाहिरिएको छ । कुलमान घिसिङनिकट विश्वस्त स्रोतले भने धेरै दलहरूले पहिलेदेखि नै राजनीतिमा आउनुपर्छ, आफ्नो पार्टीबाट चुनाव लड्नुपर्छ भनेर अनुरोध गरेको तर उनले त्यसबारे कुनै सोच नबनाएको बतायो। जलविद्युतको विकासमा नेपाल अहिले महत्त्वपूर्ण चरणमा प्रवेश गरेको र आफ्नो ध्यान त्यसैमा केन्द्रित रहेको उहाँले बताउनुभएको छ’, स्रोतले भन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...