भक्तपुरमा महेश बस्नेत विरुद्ध बरिष्ठ पत्रकार उठ्ने, को हुन् ति पत्रकार ?

भक्तपुर – नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय समितिलाई निर्देशन दिएसँगै कांग्रेसवृत्तमा उम्मेदवारहरुबारे चर्चा सुरु भएको छ।

यसैबीच भक्तपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ पत्रकार कविर राणा उम्मेदवार बन्ने चर्चा छ। नेकपा एमालेका युवा नेता महेश बस्नेतले अघिल्लोपटक निर्वाचन जितेको सो क्षेत्रमा एमालेको गढ भत्काउन राणा नै उपयुक्त उम्मेदवार हुने भक्तपुर कांग्रेसका अधिकांश नेता कार्यकर्ताको बुझाइ छ। राणा ४ दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। ३ दशकभन्दा बढी समय पत्रकारिता गरेका पत्रकार राणा स्पष्ट वक्ता र जनताको भावना अनुसार काम गर्ने नेताका रुपमा परिचित छन्। यहीकारण गत स्थानीय निर्वाचनमा राणाको प्रभाव रहेको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ र ३ मा कांग्रेसले शानदार जित हासिल गरेको थियो।

२०३६ सालमा नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा प्रवेश गरेका राणा २०४९ को स्थानीय निर्वाचनबाट जिल्ला विकास सदस्यमा निर्वाचित भएका थिए। राजनीतिक जीवनमा पटक–पटक जेल जीवन बिताएका राणा प्रधानसम्पादक रहेको देशान्तर मिडिया नेपालकै अग्रणि सञ्चारमाध्यममा पर्छ। शाही शासनका बेला पत्रिका छाप्दैपिच्छे सरकारी अड्डामा बयान दिनुपरे पनि लोकतन्त्रको पक्षमा राणाले निर्भिकताका साथ कलम चलाएका थिए।

पत्रकारिता र प्रत्यक्ष राजनीतिमार्फत कांग्रेस र लोकतन्त्रको पक्षमा काम गरेका राणालाई यसपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन जिल्लादेखि केन्द्रसम्मका अधिकांश नेता सकारात्मक छन्। युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतलाई हराउन राणाजत्तिकै प्रष्ट र आँटिलो नेता चाहिने भक्तपुर २ का एक कांग्रेस नेताले बताए।

‘उहाँ जनताको पक्षमा खरो बोल्ने, अन्याय नसहने, लोकतन्त्रका लागि संघर्ष गरेको र पत्रकारिताबाट पनि मुलुकलाई योगदान गरेको व्यक्ति हुनुहुन्छ। भक्तपुर २ मा कांग्रेसको झण्डा गाड्न कविरजीलाई नै उम्मेदवार बनाउनुपर्छ,’ भक्तपुर कांग्रेसका एक नेताको भनाइ छ।

यसअघिका सबैजसो निर्वाचनमा उम्मेदवार बन्न राणाको नाम सिफारिस हुँदै आएको थियो। सक्रिय पत्रकारितामा समेत रहेका राणाले आफू उम्मेदवार नहुँदा पनि कांग्रेसको प्रचार प्रसारको महत्वपूर्ण जिम्मेवारी पूरा गर्दै आएका थिए। यसपटक भने कांग्रेसबाट राणालाई नै उम्मेदवार बनाउन दबाब छ। गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादी लगायत दलका स्थानीय नेताहरु पनि राणा उम्मेदवार हुँदा जित सहज हुने निष्कर्षमा छन्। मिडियाडबलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...