काठमाडौं – २०७९ भदौ १०–११ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भावी प्रधानमन्त्रीको लागि अध्यक्ष केपी ओलीलाई प्रोजेक्सन गरेर जाने निर्णय लिएको छ । यसले चुनाव अघि नै प्रधानमन्त्रीम व्यक्तिलाई प्रोजेक्सन गरेर जाने अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याएको देखाउँछ ।
अघिल्लो २०७४ को चुनावमा वाम गठबन्धन थियो र सामान्यतः केपी ओली प्रधानमन्त्री हुनसक्छन् भन्ने अनुमानसम्म थियो । एकप्रकारले ओलीको विकल्प देखिएको थिएन तर अहिले जस्तो घोषणा नै गरेको भने थिएन ।
एमालेको यो निर्णयले सत्ता गबठन्धनलाई पनि दबाब पारेको छ । यो दबाबसँग गठबन्धनले भावी प्रधानमन्त्रीमा प्रचण्ड वा शेरवहादुर देउवामध्ये को हो ? वा नयाँ पुस्तावबाट को आउन खोज्दैछ ? भन्ने जिज्ञासा उठेको छ ।
प्रधानमन्त्रीको तयारी गरेका गगन थापालाई कांग्रेस संस्थापन पक्षले प्रोजेक्सन गरेर जाने संभावना कति छ ? जस्ता प्रश्न पनि उठेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले अन्तर्वार्ताहरुमा थापालाई अगाडि सार्न सकिने बताउने गरेका छन् तर गठबन्धन बन्ने र शीर्ष नेताहरुले थापाका लागि ठाउँ छोडिदिने संभावना छैन ।
यी कुरालाई हेर्दा गबबन्धनका दलहरु अलमलमा परेको मात्र होइन, समस्या परेको पनि देखिन्छ । भावी प्रधानमन्त्रीमा कसलाई सहमति गरेर जाने भन्ने कुरा प्रचण्ड र देउवाबीच सहमति जुटाउनुपर्ने बाध्यता छ नै त्यो भन्दा पनि कार्यदलमा सिट मिलाउने कुरा नै समस्या भएको छ । सिट मिलाउनका लागि कांग्रेस निरन्तर कडा हुँदै आएको छ ।
२०७९ भदौ १५ गतेभित्र सिट बाँडफाँट टुुंगो लगाउने तयारी गठबन्धनका दलहरुबीच भइरहेको छ । तर, त्यस मितिमा पनि टुंगो लाग्ने संभावना देखिएको छैन । अहिले कांग्रेसभित्र तीन वटाधार देखिएको छ । शेखर समूह १ सय सिटभन्दा तल नझर्ने र सिटौला समूह ८७ देखि ९० सिट र देउवा ८० सिटमा मान्ने देखिएको छ ।
कांग्रेसभित्र देखिएको तीनथरी मतका कारणले पनि गठबन्धनभित्र सिट मिलाउन समस्या हुने देखिएको छ । देउवाले जति कम सिट लिन्छन् शेखर कोइराला समूूहका नेताहरुले टिकट पाउने संभावना कम हुन्छ । थोरैले टिकट पाउने हुन्छ । जुन गगन थापाका लागि निकै घातक हुन्छ । त्यही कारण कार्यदलका सदस्य थापा अहिले एकसय सिटमा अडान राखिरहेका छन् ।
स्थानीय चुनावलगत्तैका अन्तर्वार्तामा गठबन्धनमा रहेका दलहरुलाई ७० देखि ७५ वटा सिट छोड्न सकिने बताएका थिए । अहिलेको यो विवाद कायम रहेको अवस्थामा कांग्रेस सिंगल प्रतिस्पर्धामा जाने खतरा देखिन थालेको छ ।
गठबन्धन टुटेर प्रचण्ड, माधव नेपाल, वामदेव र बाबुरामको एउटा अर्को टीम बन्नुपर्ने बाध्यता पनि सक्ने देखिन थालेको छ । कांग्रेसको ठूलो पंक्ति र एमालेले चाहेको कुरा नै यो सिंगल सिंगल प्रतिस्पर्धा हो ।
त्यस्तो अवस्थामा एमाले र कांग्रेस कुन ठूलो दल बन्ने भन्ने प्रतिस्पर्धा हुन्छ । अनि प्रचण्ड, माधव नेपालहरुको समूह कमजोर तेस्रो दल हुने संभावना हुन्छ । केही दिनयता विकसित राजनीतिले त्यो बाटो पनि जाने खतरा देखिएको छ । साँखु साप्ताहिकमा खबर प्र
काशित छ ।





















