काठमाडौं – नेपालमा आशालाग्दा कामको सुरुवात गर्ने र गर्न खोज्ने राम्रा मान्छेलाई असफल बनाउन गर्नुसम्म गरिन्छ भनेर । यस्तै यस्तै भइरहेको छ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई । उनलाई असफल बनाउन केही तत्वहरु हात धोएरै लागेको चर्चा हुन थालेको हो ।
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरूद्ध परेको अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । केहीले बालेनको रफ्तारलाई रोक्न केही सिप नचलेपछि सर्वोच्च लगाइएको चर्चा समेत चलेको छ ।
नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेन्द्रविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो । सर्वोच्चको एक्सनपछि बालेनमाथि अर्को आपत आइलागेको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्ने र साइबर अपराध गर्ने घटना बढेका छन्। काठमाडौंका मेयर बालेन्द्र शाह पनि यस्तो साइबर अपराधीको सिकार बनेका छन्।
मेयर बालेन्द्रको तस्बिर राखेर अज्ञात व्यक्तिले बालेन शाहको नाममा ट्विटर ह्यान्डिल बनाएका छन्। उक्त ट्विटरबाट धरानका मेयर हर्क साम्पाङलाई गाली गरिएको छ।
बालेनका नामको नक्कली ट्विटरबाट धरानका मेयर हर्क साम्पाङलाई लक्ष्य गर्दै भनिएको छ, ‘त्यो धरानको फोहोर निकै नै गनाउन थाल्यो आजकल। कतै लगेर डम्प गर्दे सरकार।’
नक्कली ट्विटरवालालाई बालेन्द्र शाहले आफ्नो सक्कली ट्विटरबाट जवाफ दिएका छन्, ‘यो हाम्रो आधिकारिक आईडी होइन, हामीले रिपोर्ट गर्नुअघि कृपया आफ्नो आईडी हटाउनोस्।’
यसअघि धरानका मेयर हर्क साम्पाङसँग विवाद परेका बेला धरानकी पूर्वमेयर मञ्जु भण्डारीले पनि यसैगरी आफ्नो नाममा कसैले फेक आईडी खोलेर गाली गरेको गुनासो गरेकी थिइन्।





















