आफुलाई प्रधानमन्त्रीले समेत छुन नसक्ने भष्म गर्दिन्छु भन्दै बालेनको घरभित्रै पसेका को हुन् ? (भिडियोसहित)

काठमाडौं – यती खेर देशको सर्वाधिक चर्चाको केन्द्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह रहेका छन् । कानुन विपरित बनेका अवैध संरचना भत्काउन आफैँ डोजर लिएर सडकमा निस्किएका बालेनको चर्चा देशव्यापी रुपमा बेजोडले चलेको छ ।

सामाजिक संजाल देखी मिडियाका हेडलाइन सम्म अनि चिया पसल सम्म पनि बालेनकै चर्चा चुुलिएको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुले बालेनको कामको उच्च प्रशंसा गर्दै यसै गरि अघि बढ्न अुनरोध गरिरहेका छन् । बालेनको साहसलाई धेरैले स्यालुट गर्दै यस्तै मेयर काठमाडौँले खोजिरहेको बताएका छन् ।

एमालेका नेता महेश बस्नेत , काग्रेस नेता मिन विश्वकर्मा लगायतका केहि नेताहरुले बालेनको कामको विरोध गरे पनि राजिनितिक पार्टीकै पनि विभिन्न नेताहरुले बालेनको कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । एमाले उपमहासचिव प्रदिप ज्ञवाली देखी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सम्म बालेनको समर्थनमा खुलेरै उत्रिएका छन् ।

यसैबीच, शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए । जोगीको भेष धारण गरेका एक व्यक्ति गएराति साढे ८ बजेको समयमा बालेनको घरभित्रै पसेका कारणले पक्राउ गरिएको उनले जानकारी दिए ।

घरभित्रै पसेर ‘भष्म गर्दिन्छु’ भन्दै बालेनलाई दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको थियो । जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए । भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो ।

त्यसपछि भनाभन भएको थियो जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए । झण्डै एक घण्टा सकडमा भीडभाड भएको थियो ।

पछि प्रहरी आएर उनलाई लगेको थियो । मेयर बालेन पछिल्लो समय अवैध संरचना भत्काउँदै हिँडेकाले उनीविरुद्ध सक्रिय गिरोहले परिचालित गरेका व्यक्ति हुनसक्ने मेयर समर्थकहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...