बालेनको समर्थनमा उत्रिए वाइसीएल अध्यक्ष शेर्पाली, विरोधीलाई दिए यस्तो कडा चेतावनी

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताएका छन् ।

राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए । केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् ।

आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्: काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा अनाधिकृत ढङ्गले संचालनमा ल्याइएको साथै राज्य कोषमा कर छलिगरी ब्यबसाय संचालन गर्दा सप्रमाण सहित भवन, टहरा, एवं केही पार्किङ स्थलहरू भत्काइएकोमा एकाथरि मनुवाहरूको निद्रा बिग्रेको छ । मेयर बालेन्द्र साहको पछिल्लो यो कार्य स्वागतयोग्य छ । केही गर्छु भन्ने अठोट गरि जनताबाट स्वतन्त्र रुपमा निर्वाचित भएका यो व्यवस्थाभित्र फुलेका फुल निमोठ्ने खालको अभिव्यक्ति र धम्की कसैले नदिए हुन्छ ।

मेयर ज्यु अघि बढ्नुहोस् आफ्नो वा पराई कोहि नभनी सधैं जनता एवं राज्यको भौतिक सम्पतिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिका बिरुद्द जनमतको साथ लिएर लम्कनुहोस अवस्य पनि सफलता मिल्नेछ । शक्तिको आडमा बसेर कानुन विपरीत मनपरी गर्ने छुट कसैलाई पनि छैन । हुनु पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...