बल्ल देखियो बालेनको पावर, काठमाडौंमा घर भएका मात्र नभई भाडामा बस्नेहरु समेत खुशिले गदगद

काठमाडौं – चौतर्फी घेराबन्दीका बीच षडयन्त्रको जालो तोडेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दृढ विलिङ पावर देखाइदिएका छन् ।

फोहोरको बिषयलाई लिएर महामारी रुप लिने चिन्ता व्यक्त हुन थालेका बेला विचलित नभइ काठमाडौंका मतदाता मात्र नभई भाडामा बस्ने र कहिलेकाही आउजाउ गर्नेहरुलाई खुसीको खबर बाडेका छन् ।

काठमाडौं महानगरपालिकाले भोलिसम्ममा सडकका फोहोर उठाइसक्ने लक्ष्य दिएको जानकारी दिएको छ । यो खबर बाहिरिएपछि काठमाडौका मुख्य चोकचोक, सडक किनारा र गल्लीगल्लीमा थुपारिएको फोहोरका कारण आजित काठमाडौंका स्थायी बासिन्दा र अस्थायी बासिन्दाहरु खुसीले गदगद भएका छन् । पछिल्लो केही दिनयता दैनिक रुपमा झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा गरेको महानगरले जानकारी दिएको छ ।

आज महानगरपालिकाका कमलादी र कमलपोखरी क्षेत्रका फोहर उठाइने महानगरले जनाएको छ । त्यस्तैगरी भोलि कहाँ कहाँ फोहोर छुटेका छन् तिनीहरुकमो अनुगमन गरेर उठाइनेछ ।

यसअघि महानगरपालिकाले कुहिने र नकुहिने फोहरलाई छुट्याउन प्रत्येक घरलाई निर्देशन दिएको थियो । यद्यपि अहिले भने महानगरले सडकबाट एकै वर्षमा राखेर फोहोर उठाएको छ ।

यो पटकको फोहोर व्यवस्थापन सकिएपछिको चरणमा मात्रै कुहिने र नकुहिने वर्गिकरण गरिने बताइएको छ । विगतका समयभन्दा लामो गरि सडकका फोहोर नउठेपछि काठमाडौं दुर्गन्धित बनेको थियो । फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडाका स्थानीयले आन्दोलन चर्काएपछि व्यवस्थापनमा समस्या परेको थियो ।

यता काठमाडौं महानगरपालिकाका पुर्व मेयर विद्यासुन्दर शाक्यले आफनो पाँचबर्षे कार्यकालमा अहिलेको जस्तो महिनौ दिनसम्म फोहोरको समस्या व्योहोर्नु नपरेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वमेयर शाक्यले भने, ‘अहिले सांसद मन्त्रीहरु संसदमा फोहोर किन उठेन ? भन्दै चिन्ता गरेका छन, फोहोर उठाएका छन् । मेरो कार्यकालमा महानगरको चिन्ता कसैले लिनु परेको थिएन ।’ उनले आफु पदमा रहदा सोचे जति सहयोग प्राप्त नभएपनि महानगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदाको संरक्षणमा समृद्धि नै ल्याएको बताए ।

त्यसैगरी यता बालेनसँग पराजित भएका केशव स्थापितको समेत फोहोरलाई लिएर अभिव्यक्ती आएको छ । महानगरको मेयरमा बालेन्द्र शाहसँग पराजित स्थापितले निर्वाचनमा जित हारलाई सामान्य रुपमा लिएको पनि बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु’ निर्वाचनमा पराजित भएपनि काठमाडौंको विकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधर्मराएको उनको भनाई छ।

‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन्’ उनले लेखेका छन्, ‘यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...