काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन मेनरोल खेलेपछि अमेरिकाको पक्का एजेन्ट भनेर आरोप लाग्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा पहिलोपटक अमेरिकालाई कडा दनक दिएका छन् ।
आफ्ना प्रायः वक्तव्यमा अमेरिकाको पृष्ठपोषण गर्दै आएका गगन थापाले पहिलोपटक बोल्ड अभिव्यक्ती दिएपछि उनको चर्चा सुरु भएको छ । उसो त कडा बोलीकै कारण मात्र चर्चामा आएको आरोप खेप्दै आएका छन् ।
जता काफल पाक्यो उतै चरि नाच्यो स्टाइलले आफ्नो अभिव्यक्ती दिने गरेका गगनको यो रणनीति हिट हुदै आएको छ । गगनले अहिले एमसीसीमा लागेको दाग मेटाउन भएपनि घुमाउरो पारामा कडा बोल्न थालेका छन् ।
राष्ट्रियताका बिषयमा जबर्जस्त आवाज बुलन्द गर्ने एमाले नेता भीम रावलभन्दा चर्को भएर गगन निस्किएको भन्दै सामाजिक सञ्ञ्जालमा उनीबारे टिप्पणी समेत भएको छ ।
गगनले आफूले निर्वाचन अगाडि तालमेल गर्नुहुँदैन भनेपनि अरुले तालमेल गर्ने भएकाले कांग्रेसले गर्नुपरेको बताए। थापाले निर्वाचनमा जनतामाझ जाँदा विदेशी नीतिको विषयमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे। कांग्रेसका महामन्त्री थापाले अमेरिका र चीनबीच तनाव भइरहँदा अमेरिकाले चाहेर पनि उसको पक्षमा नेपाल नउभिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अमेरिका र चीनबीच तनाव भइरहँदा नेपालले कसैको पनि पक्ष नलिएको बताए। उनले स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी०मा हस्ताक्षर गर्दा कसैको पक्षमा उभिनुपर्ने अवस्था आउनसकिने हुँदा नै त्यसलाई खारेज गरेको बताए।
उनले अमेरिका र चीनबीच तनाव भइरहँदा नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले चीन पुगेर नेपाल एक चीन नीति प्रति प्रतिबद्ध छ भनेर फर्किएको बताए। त्यतिबेला अमेरिकाले आफ्नो पक्षमा उभिदिए हुने भन्ने सोचेको भए पनि त्यसो नगरिएको बताए।
‘भर्खरै अस्ति हाम्रा परराष्ट्रमन्त्री नारायण खड्का चीन गएर आउनुभएको होइन ? अमेरिका र चीनबीच यत्रो तनाव भइरहेको बेलामा चीन गएर नारायण खड्काले नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ भनेर आउनुभयो,’ उनले भने, ‘त्यो बेलामा अमेरिकाले के चाहेको होलारु अमेरिकाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले अमेरिका र चीनको बीचमा लडाइँ भएको बेलामा अमेरिकाको पक्षमा उभिदिए हुन्थ्यो भन्ने चाहेको होला। उभियो त ? उभिएन।’





















