आफूमाथि गम्भीर राजनीतिक षडयन्त्र गर्न खोजिएपछि हर्क साम्पाङ चाल्दैछन् कठोर कदम, जनताको शतप्रतिशत साथ !

काठमाडौँ – आफूमाथि गम्भीर राजनीतिक षडयन्त्र गर्न खोजिएको भन्दै धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङले कठोर कदम चाल्ने संकेत गरेका छन् ।

राईविरुद्ध बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरान उपमहानगरपालिकामा घेराउ गर्दै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेपछि मेयर राईले कठोर कदम चाल्ने संकेत गरेका हुन् ।

पीडितहरुलाई न्याय दिलाउन ढिलाई गरेको र छानबिन समितिसँगको छलफलमा बस्ने क्रममा आइतबार मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध घेराउ र नाराबाजी भएको हो ।

छलफल औपचारिकरुपमा सुरुवात हुनुअघि मेयर साम्पाङले मलाई सोधेर पैसा सहकारीमा राखेको हो र भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको पीडितहरुको दाबी छ ।

मेयर साम्पाङले छलफलमा पीडितहरुकोतर्फबाट ५ जना मात्र प्रतिनिधिमुलुकरुपमा बस्न भन्दै बाहिरिएका थिए । त्यसलगत्तै पीडितहरु छलफलमा नबस्ने भन्दै बैठक कक्षबाट बाहिरिएर आन्दोलन चर्काएका थिए ।

संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाका अनुसार मेयरले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको कारण पीडितहरु आक्रोशित भएका हुन् । उनले भने,‘हामी छलफलको लागि गएका थियौं ।

मेयर साबले ५ जना मात्र बस्नुस् भन्नु भयो । त्यसैक्रममा उहाँले मलाई सोधेर पैसा राखेको हो र भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि यो अवस्था भएको हो ।’

बराह पीडितहरुले प्रहरीको घेरासमेत तोडेर मेयरकै कार्यालयसम्म पुगेका थिए । त्यहाँ आक्रोशित भिडले मेयरको कार्यालय बाहिरको सिसासमेत फुटाइदिए । घटना अप्रिय हुन नदिन जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा आफै पनि धरान आएका थिए ।

बराह पीडितहरुले मेयरले सम्बोधन गर्नुपर्ने र माफी मागेर बोलेको शब्द फिर्ता लिनुपर्ने माग राखेका थिए । साढे ६ बजेसम्म पीडितहरु मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै उपमहानगर परिसरमा बसेपनि उनले सम्बोधन नगरेपछि बराह पीडितहरु सोमबार ११ बजे घेराउ गर्न आउने भन्दै फर्किएका थिए ।

हर्क साम्पाङ् चाल्दैछन् कडा कदम ? यसैबीच, मेयर हर्क साम्पाङ आफूविरुद्ध राजनीतिक षडयन्त्र भएको भन्दै कडा कदम चाल्ने तयारीमा समेत पुगेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् ।

सहकारीको सबै विवरण नगरपालिकामा बुझाउनु पर्छ नत्र बन्द गराउनुको विकल्प देखिएन, मेयर राईले लेखेका छन् । उनको स्टाटसमा शतप्रतिशत जनताले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...