डडेलधुरामा देउवा भन्दा झनै कडा बनेर निस्किए सागर ढकाल, यस्तो पहिलो कदमले चुलियो अर्को चर्चा ! (भिडिओसहित)

काठमाडौं – इन्जीनियर सागर ढकाल प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापती शेर बहादुर देउवालाई हराउन भन्दै डडेलधुरा पुगेका छन् । देउवा ज्योतिषमा खुब विश्वास गर्छन् यहाँसम्म कि देउवाले चुनावको मिति घोषणा समेत ज्योतिषलाई देखाएर गर्ने तयारी गरेको बाहिरिएको छ ।

जसरी भए पनि देउवा हजुबुवा हराउ अभियान लिए डडेल्धुरा पुगेका ढकाल पनि डडेल्धुरा पुगेपछि देउवा भन्दा झन् कडा बनेर निस्किएका छन् । अहिले ढकाल सुदुरपश्चिमको डडेलधुरा जिल्लामा छन् । काग्रेसका सभापति तथा प्रधानमन्त्री देउवासंग प्रतिनिधि सभाको चुनाव लड्ने गरी गएका हुन् ।

५ वर्ष अगाडी देउवाले साझॉं सवाल कार्यक्रममा प्रश्न सोधेकै आधारमा इन्जीनियर सागरलाई चर्को स्वरमा हकारेका थिए । उनै ढकाल देउवा भन्दा चर्को धार्मिक बनेर निस्किएका छन् । ढकालले डडेल्धुरामा देउवालाई हराउने शक्ति मिलोस् भन्दै पूजाआजा गरेका छन् । उनले पूजा गरिरहेको भिडियो समेत बाहिरिएको छ ।

५ वर्षपछी लगातार चुनाव जित्दै आउनु भएका काग्रेस नेता देउवालाई हराउन विशेष शक्ति मिलोस भनेर माता उग्रतारा मन्दिरमा आज चन्डी पुजा गरेका छन् । यो पुजा गरेपछी जित पक्का हुनुपर्छ भन्ने मान्यता सागर समुहको रहेको छ ।

देशमा लगातार जनप्रतिनिधि हुदै नेपालको प्रमुख हुदासम्म देशले काचुली फेर्न नसकेको गुनासो युवा ढकालको जोड रहेको छ ।देशभरबाट युवाहरु चुनावमा उठ्ने बताउदै आएका छन् ।

इन्जीनियर सागर ढकाल फुलचोक क्याम्पस हुदै अक्सफोर्ड कलेज सम्म पुग्ने एक बौद्धिक युवा हुन् । पछिल्लो समय यक्ष प्रश्नमा आफ्नो प्रितक्रिया राखेपछी उनको चर्चा झनै व्यापक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...