जनप्रिय मेयर हर्क साम्पाङ बोल्दाबोल्दै डाको छोडेर रोए, रसाए सबैका आँखा (भिडियोसहित)

काठमाडौं – ३ करोड नेपालीको चाहना छ नेपालको विकास होस्, युवाले अर्काको देशमा रगत पसिना बगाउन नपरोस्, परिवारसँगै खुसीसाथ देशभित्रै बस्न पाइयोस् तर यसो हुन सकेको छैन् र तत्काल सम्भावना पनि छैन् ।

तर निराशाका बीच आशाको किरण बनेर उदाएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले माथि उल्लेख गरिएका कुराहरुलाई समेटेर आफ्नो गीतलाई सम्झिएर निकै भावुक बनेका छन् । धेरैले कट्टोर मन भएको र एक आशावादी व्यक्तिको रुपमा चिन्छन् तर आज एक कार्यक्रममा बोल्दा बोल्दै भावुक बनेका छन् ।

उनी भावुक बनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आज बिहान सर्दु र निशाने खोलाको दोभान क्षेत्रमा वृक्षरोपण कार्यक्रम रहेको थियो उनी समयमै उक्त स्थानमा पुगेका थिए ।

पानी झारीमा भिज्दै मेयर हर्क साम्पाङले आफुलाई साथ दिन आएका अन्य थुप्रै सहभागि सदस्यहरुसँग सँगै विरुवा रोपे । सोही कार्यक्रममा आएका मिस धरान सौन्दर्य प्रतियोगितामा सहभागि प्रतियोगीहरुलाई मेयर हर्क साम्पाङले छोटो ‘मोटिभेस्नल स्पिच’ दिने कार्यक्रम पनि रहेको थियो । सोही क्रममा उनी निक्कै भावुक भएका थिए ।

मेयर साम्पाङले सर्दु खोला किनारमा नै प्रतियोगीहरुलाई सम्बोधन गर्दै प्रेरणादायी कुराहरु गर्दै थिए । त्यसैक्रममा उनले आफ्नो देशभक्तिपुर्ण गीतको सन्दर्भ झिके ।

उनले गीतको बोल भन्दै गर्दा एक्कासी मेयर साम्पाङ भावुक भए, र रुन पुगे । उनले आफुलाई सम्हाल्न खोज्दा खोज्दै पनि सकेनन्, र धरधरी रोए । वरीपरी भएकाहरु पनि यो दृष्यले निक्कै भावुक भएका थिए ।

मेयर साम्पाङले आफु सानो मान्छे भएपनि देश, विदेशबाट पाएको साथ, माया र समर्थनले आफुलाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिए । ‘मान्छे हो, घरी मान्छेलाई हाँस उठ्छ, घरी रिस उठ्छ, रुन पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अचानक फिल भयो,’उनले भने,‘कुनै दुःख र पीडाले होइन, हर्षले नै म रोएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...