काठमाडौं – नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्नेगरी सरकारमा सहभागी अर्को एक मन्त्री पनि बदनाम भएका छन्। भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले कीर्ते काम गरेपछि बदनाम बनेकी हुन्।
भूमिसुधार मन्त्रालयअन्तर्गत रहेको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई नियुक्त गरेकी हुन्। आफै मन्त्री स्तरिय निर्णयबाट नियुक्त गरेकी हुन्।
सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकास पाएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी सस्थाबाट नक्कली अनुभव पत्र बनाउन लगाई नियुक्त गरेकी हुन्।
मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरि मुद्दा चलाएको छ।
बिदाको राति पारे तलमाथि, प्रधानमन्त्रीसम्मै पुग्यो कुरा: सशस्त्र प्रहरी बलको रिक्त १६ जना एसएसपीमा बढुवाको निम्ति आइतबार विहान गृह मन्त्रालयको बढुवा समितिले सिफारिस निकालेको छ।
दुई थरि ज्येष्ठता कायम हुनेगरी पहिलो लहरमा १४ जना र अर्को लहरमा दुई जनाको नाम सिफारिस भएको छ। पुरानो लटबाट सर्वश्रेष्ठ बनाइएका प्रदिप कँडेललाई तलै पार्न दिपेन्द्र कुँवरको बालुवाटारस्थित सरकारी ससुराली खलकबाट ठूलै गलफत्ती परेको थियो।
नेपाल प्रहरीको प्राविधिक सइबाट सशस्त्रमा छिरेका कँडेलको पक्षमा माओवादी केन्द्रको हेडक्वार्टर नै लागेको बताइन्छ । दुई नम्बरमा राख्न खोजिएका कँडेललाई एक नम्बरमा नराखे सत्ता बठबन्धन नै तोडिनसक्ने धम्की दिइएको गृह मन्त्रालय स्रोतको दाबी छ ।
‘कँडेललाई पहिलेदेखि सशस्त्रमा प्रचण्ड र जनार्दनको मान्छे भनेर चिनिन्थ्यो। काङ्ग्रेसले मात्रै जहिल्यै पेल्ने भएपछि माओवादी चर्को दवाव दिएर आफ्ना केही मान्छेलाई समेत यो लटमा घुसाउन सफल भएको देखिन्छ।
माओवादी नेतृत्वले,” दिपेन्द्र कुँवर (ख) लाई मात्रै किन अगाडि ?’ भनेर कडा प्रतिवाद गरेको बताइएको छ। त्यसैले हिजो रातिको सूचीमा दिपेन्द्र कुँवर दुई नम्बरमा छन्।
त्यसपछि विष्णुप्रसाद भट्टको नाम छ। उनी एमाले उपमहासचिव विष्णु रिमालको खास मान्छेको रुपमा चिनिन्छन्। यसअघि ओली सरकारको पालामा उनले डिएसपी हुँदै कैलाली जिल्ला हाँकेका थिए।
चार नम्बरमा गृहमन्त्रीकै प्रदेशका दिग्विजय सुवेदी र नम्बर पाँचमा विश्व भट्टराई परेका छन्। भट्टराई पूर्व डिआईजी माधव थापाका भतिजी ज्वाईं हुन्।
माओवादी भनेर चिनिएका भुपेन्द्र केसीको ज्येष्ठता छ नम्बरमा राखिएको छ। उनलाई उपराष्ट्रपतिदेखि नेता जनार्दन शर्मा,कृष्णबहादुर महरा,ओनसरी घर्ति र वर्षमान पुनको दह्रो ब्याकिङ्ग थियो।
सात नम्बरमा रहेका कमलप्रसाद तिउसिनालाई एमाले उपाध्यक्ष विष्णु पौडेलका खास मान्छेको बिल्ला भिराइएको छ। त्यसैगरी पूर्णबहादुर खड्काका मान्छेको रुपमा नीरकृष्ण अधिकारी देखिएका छन्।
उनी आठ नम्बरमा परेका छन् । उनलाई कर्णालीका माओवादी नेता महेन्द्र शाहीको पनि मान्छे भन्ने गरिएको।
१६ जनाको सूचीमा अट्ने दुई जनामध्ये एसपीबाट सोझै उक्लिएका किरण ढुंगाना र शंकर खनाल हुन्। सुवास नेम्वाङकोे भाञ्जा किरणलाई एक नम्बर र गृहमन्त्रीकै खास खनाललाई दुई नम्बरमा राखिएको छ।





















