मेरो लभ नेपालमै परेको थियो भन्दै अहिले त यस्तो कुरा पो गर्न थाले डोनाल्ड लु !

काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो पहिलो नेपाल भ्रमणको बारेमा स्मरण गर्दै भिडियो बनाएका छन्।

अमेरिकी दूतावासले आफ्नो ट्विटरमा सार्वजनिक गरेको भिडियोमा सहायकमन्त्री लुले आफ्नो प्रेमिकासँग १९९३ मा भारतको दार्जीलिङ हुँदै नेपाल आएको स्मरण गरेका हुन्।

भिडियोमा लुले त्यस समयकी प्रेमिका र अहिलेकी पत्नि एरियल एहार्टसँग नेपाल भ्रमणमा आउँदाको रमाइला क्षणहरु सम्झिएका छन्।

लुले भिडियोमा भनेका छन्, ‘म पहिलो पटक नेपाल सन् १९९३ मा आएको थिएँ र आज यस क्षेत्रका लागि अमेरिकी सहायक विदेशमन्त्रीरुपमा यहाँ फेरि आएको छु, झण्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ। म ती युवतीसँग प्रेममा परे जो आज मेरी श्रीमती छिन्।’ अमेरिकी विदेश मन्त्रालयमा काम सुरु गरेका लुको जनस्वास्थ्य विज्ञ एहर्टसँग विवाह २६ वर्षअघि नै भएको थियो।

उनले आफ्नो सन्तानको नाम पनि दक्षिण एशियाबाटै प्रभावित रहेर  आलिया र किप्लिङ राखेको बताएका छन्।

लुले भनेका छन्, ‘तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज, जनकपुर र काठमाडौं आयौं, हामीले संकोच मान्दै हाम्रा केटाकेटीलाई बताउनु परेको छ कि गर्मीको कारण हामीले अक्सर ती यात्राहरु बसका छतमा बसेर गरेका थियौं। त्यसपछि हामीले उनीहरुलाई कहिल्यै त्यसो नगर्न पनि भन्छौं, जनकपुरमा हामी दीपावलीको बेला पुगेका थियौं र उक्त चाड मनाउन महिलाहरुले पानीमा दियो बगाएको जनकपुर नजिकैको नदीबाट पार गरेको कुरा कहिलै बिर्सिने छैन’, लुले भनेका छन्, ‘त्यो एकदमै सुन्दर थियो। विश्वको सर्वोत्कृष्ट मध्येका केही खाना चाख्यौं। हिजो साँझ मैले गज्जबको भेज मम खाएँ। आज स्वादिलो नेवारी परिकारको खोजीमा रहनेछु, नेपाल सधैं मेरो मुटुको नजिकै रहने ठाउँ हो। किनकि पहिलो पटक प्रेममा परेको यहीँ हो।’

राष्ट्रपति जो बाइडेनले लुलाई २०२१ मा  दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी सहायक विदेशमन्त्रीमा नियुक्त गरेका हुन्। सहायक विदेशमन्त्री नियुक्त हुनुअघि उनी अल्वानिया र कीर्गिजस्तानका लागि अमेरिकी राजदूत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...