काठमाडौं – काठमाडौँ उपत्यकाबासीहरुका लागि दुःखद खबर छ । फोहोर काठमाडौं उपत्यकाको मुख्य समस्याको रुपमा रहेको छ । अहिले राजधानीका केही ठाउँमा मुख छोपेर हिड्नुपर्ने अवस्था छ ।
अब यहाँको फोहोर भदौ १ गतेदेखि ठप्प हुनेभएपछि घरबाहिर नै निस्कन मुस्किल हुनेभयो भन्दै टिप्पणी हुन थालेको छ । राजधानी समेत रहेको काठमाडौँ उपत्यका झन दुर्गन्धित बन्ने भएको हो ।
फोहोर डम्पिङ गर्ने गरिएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले भदौ १ गतेपछि फोहोर फाल्न नदिने घोषणा गरेका छन्बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरेर फोहोर फाल्न नदिने बताएका हुन् ।
उनीहरुले आगामी भदौ १ गतेबाट उपत्यकाको फोहोर सधैँका लागि फाल्न नदिने घोषणा गरेपछि राजधानीको फोहोर व्यवस्थापन थप पेचिलो बनेको होसरकार र काठमाडौँ महानगरपालिकासँग पटक पटक गरिएको सहमति कार्यान्वयन नभएको भन्दै सरोकार समितिले सँधैका लागि फोहोर फाल्न रोक लगाउने बताएको हो ।
महानगरले जथाभावी फोहोर फाल्दा स्थानीय बासिन्दा समस्यामा परेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले गुनासो गरे । उनले यो विषयमा यसअघि नै प्रधानमन्त्री कार्यालय र शहरी विकास मन्त्रालयलाई समेत जानकारी गराइसकेको बताए ।





















