काठमाडौं – केही दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चर्चित कलाकार यम बुद्धको सालिक बनाउने निर्णय गरेका थियो । तर त्यसको आफ्नै समर्थकहरुले चर्को आलोचना गरेपछि बालेन ब्याक भएका थिए ।
बालेन ब्याक मात्र भएका थिएनन् उनले सालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका थिए । मेयर बनेका दिनदेखि चौतर्फी चर्चाको केन्द्रमा रहेका बालेनको यो प्रकरणपछि व्यापक आलोचना भएको थियो ।
बालेनले फेरि दिउसै रात पार्ने काम गरेको भन्दै आलोचना सुरु भएको छ । अन्ततः काठमाडौं महानगरपालिकाले आफ्नै पैसा खर्च गरेर कलाकार यम बुद्धको सालिक बनाएरै छाड्ने भएको हो ।
सालिकसहितको पार्क बनाउने निर्णय गरेको छ । महानगरले सालिक र पार्क निर्माण गर्नका लागि साढे एक करोड बजेट विनियोजनसमेत गरेको पाइएको छ ।
र्यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रवक्ताका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो ।
‘उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यम बुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने छन् । अहिले बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना छ। अरू त सबै पार्कमा हुने कुरा भइहाल्छन्’ प्रवक्ता मानन्धरले भने ।
यसअघि यम बुद्धको सालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो । उक्त निर्णयले महानगर विवादितसमेत बनेको थियो । पछि मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका थिए ।
यम बुद्ध नेपालका चर्चित र्यापर थिए । उनले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गरेका थिए । काठमाडौं महानगरपालिकाले र्यापार यम बुद्धको नाममा पार्क बनाउन साढे १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
काठमाडौं नगरपालिका १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन सो बजेट विनियोजन गरिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले दिएको जानकारी अनुसार नयाँबजारको सात रोपनी जग्गामा पार्क निर्माण गरिनेछ । आर्थिक वर्ष २०७९÷८० बाट बजेट छुट्याइएको हो ।





















