काठमाडौँ – नेकपा एमालेले सुना १५ गते आफ्ना कार्यकर्ताहरुलाई खिर खुवाएर साउनको १६ गते चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ ।
एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले महंगीविरूद्ध यही साउन १५ गते खिर खुवाएर १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो।
पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी वनाइएको छ ।
जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने जनाइएको छ ।
राजधानीको वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा।भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा पार्टीका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र बिष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, उपत्यकाका तीन जिल्लाका पार्टी अध्यक्ष, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
नेपाली प्रचलन अनुसार साउन १५ गतेलाई खिर खाने दिनको रुपमा मनाउने गरिन्छ। यसै सन्दर्वमा सोहि दिन तयारी र भोलिपल्ट साउनको १६ गते आन्दोलन गर्ने भएकोले एमालेले खिर खुवाउन लागेको चर्चा गर्न सुरु भएको छ । एमालेले बसन्तपुरबाट आन्दोलन सुरु गर्ने भएपछी सर्वासाधरणले सोही ठाउँमा खिर पाइने भन्दै ब्यांगे पनि हुन् थालेको हो।





















