काठमाडौं – काठमाडौं नगरपालिकाका मेयर मिडिया विरुद्ध एक्सनमा उत्रिएका छन् । मिडियाले सत्य तथ्य खबर सम्प्रेशन नगरेको भन्दै मेयर शाह एक्सनमा उत्रिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् – “सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनु पर्छ, अख्तियारको दुरुपयोग भएको छ कि वा ति संस्थाहरुले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनु पर्छ । लोकतन्त्रको चौथो आधारस्तम्भका रुपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ ।
सँगसँगै यो पनि भन्न चाहन्छौँ कि पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।
आशा छ, आगामी दिनहरुमा पत्रकारिताले सहि र सत्य सूचना, समाचार मात्रै सम्प्रेषण गर्नेछ । नागरिकको सूचनाको हकलाई प्रदुषित गर्ने कार्यका विरुद्ध पत्रकारिताक्षेत्र नै जागरुक र सचेत हुनेछ । ”






















